मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १, काठमाडौं – देशभर वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिकाले कर बढाएको भन्दै विरोध भइरहेका बेला काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ले भने सिफारिस दर्ता वापतको सबै दस्तुर नलिने निर्णय गरेको छ ।
नगरपालिका १५ वडाले मृतकसँगको नाता प्रमाणितका लागि ३१० दस्तुर लिए पनि अरु सबै सिफारिस निःशुल्क गर्ने भएको हो ।
जन्म दर्ता, विवाह दर्ता, बसाइँ सराई दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य सम्बन्धी सिफारिस निःशुल्क गर्ने निर्णय बिहीबार गरेको हो ।
अन्नपूर्णबाट
२०७५ भदौ १ गते प्रकाशित
