News Portal

हेलिकप्टर दुर्घटना: ७ जनामध्ये ६ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५७३ पटक
काठमाडौं

भदौ २३, काठमाडौँ – गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जनाएको छ ।

उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा फेला परेको छ। हेलिकप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ।   जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोट नेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकप्टर भेटिएको हो।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्