News Portal

ऊर्जामन्त्री वर्षमान पुन बङगलादेशको तीन दिने भ्रमण सकेर स्वेदश फिर्ता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३२ पटक
काठमाडौं

भदौ २३, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बङगलादेशको तीन दिने भ्रमण सकेर शनिवार स्वेदश फर्केका छन । बङगलादेशको राजधानी ढांकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’ मा विशेष अतिथीका रुपमा सहभागी भएर फर्केका हुन । उहाले सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुका साथै उर्जा सहकार्यको लागी क्षेत्रीय प्रशारण संजालको सम्भावना नामक सेमिनारमा समेत विज्ञका रुपमा आफ्ना धारणा राख्नुभएको थियो ।

भ्रमणकै क्रममा उनले आफ्ना समकक्षी नसरुल हमिदसंग द्धिपक्षीय भेटवार्ता गर्नुका साथै आपसी हितका विषयमा समेत छलफल गरेका थिए । दुवै नेताको बीचमा दुई देशबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा गम्भिर छलफल हुनुका साथै छिट्टै काम अघि बढाउने सहमती समेत भएको छ । भेटमा बङगलादेशका मन्त्री नसरुल हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव  राखेका छन्  ।

भेटवार्ताकै क्रममा उहाले बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि मात्र मन्त्रिपरिषद्को बैठकले गरिसकेको जानकारी दिए  । यसले उक्त आयोजना समयमै अघि बढ्ने मात्र नभई वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्साहित समेत बनाउने आशा हामीले लिएका छौ । उर्जामन्त्री पुनले देशभित्रै र देशबाहिर समेत खपतको लागी बजार बनाउने भन्दै लगानीका लागी सबै देशी–विदेशी लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आउनु भएको छ ।
उनले बङगलादेशको सरकारी प्रतिनिधीमण्डल तथा उर्जा क्षेत्रमा लगानी गरिरहेका व्यवसायीलाई नेपालमा राजनीतिक स्थायित्वको युग सुरु भइसकेको भन्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न भेटमा आग्रह गरे ।

त्यसैगरी उनका सकमक्षी हमिदले वङगलादेश सरकारले सन् २०४० भित्र ९ हजार विजुली नेपालबाट आयात गर्ने निती लिएको जानकारी पनि भेटमा दिए । नेपालको अनारमणी र वङगलादेशको वन्दरगाह नजिकको विन्दुमा ग्रिड कनेक्शनका लागी भारतसंग त्रिपक्षीय साझेदारीका लागी पहल गर्ने विषयमा समेत दुवै पक्षबीच गम्भिर छलफल भएको छ ।

नेपाल–बङ्गलादेशबीच गत महिना भएको ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी

सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भइसकेको सन्र्दभमा त्यसको पहिलो सचिवस्तरिय बैठक छिट्टै काठमाडौंमा बस्ने सहमती समेत भएको छ ।  भ्रमणदलमा माननिय उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंगै उर्जामन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागी थिए ।

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्