News Portal

स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य छैन : कांग्रेस सभापति देउवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२१ पटक
काठमाडौं

भदौ २३, बुटवल – पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।  आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उनले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य भएको बताए
कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न नसक्ने कुरा प्रष्ट पारे  ।

उनले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गरे  । सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाललगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनतालाई मारमा पारेको विचार व्यक्त गरे  । सो अवसरमा वरिष्ठ पत्रकार बाँकेका पन्नालाल गुप्ता,लन टेनिश खेल प्रशिक्षक विकास खड्का, लोकगायिका मन छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो ।

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्