News Portal

नेपाल र बङ्गलादेशविचको खेल सुरु, यस्तो छ फस्ट एलाभेन टिम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१० पटक
काठमाडौं

ढाका – साफ च्याम्पियनसीपअन्तर्गत नेपाल र बङ्गलादेश बीचको समूह चरणको अन्तिम खेल शुरु भएको छ ।

खेल ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको हो । नेपालका नियमित कप्तान विराज महर्जन बंगालदेशको खेलमा पनि सुरुवाती एघारमा परेका छैनन् ।

पाकिस्तान र भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अन्जन विष्ट पनि बेन्चमा रहेका छन् ।

नवयुग श्रेष्ठ पनि टिममा परेका छैनन् । अन्जनलाई बेञ्चमा राखेर भरत खवासलाई सुरुवाती एघारमा राखिएको छ ।

बंगलादेशविरुद्ध पनि किरण चेम्जोङले नेपालको कप्तानीको भूमिका निर्वाह गर्दैछन् ।

यो खेल नेपालका लागि गर यार मरको स्थितिमा रहेको छ । बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ भने हारले समूह चरणबाटै बाहिरिनेछ ।

प्लेयिङ इलाभेन

गोलकिपर – किरण कुमार लिम्बु

डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी

मिडफिल्डर – रोहित चन्द, निराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ

फरवार्ड – भरत खवास, बिमल घर्ती मगर

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्