News Portal

शिक्षा दिवसको अवसरमा पाल्हीनन्दन गाँउपालिका ब्यापी हाजीरी जवाफ प्रतियोगिता सम्पन्न, न्यु सनराईज स्कुल प्रथम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७४२ पटक
काठमाडौं

नवलपरासी –  अन्तराष्ट्रि साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस २०७५ को अवसर पारी नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा आधारभुत तहका बिद्यार्थीहरुका बिचमा गाउँपालिकाब्यापी अन्तरबिद्यालयस्तरीय हाजीरीजवाफ प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।

गाउँपालिकाभित्रका १३ वटा बिद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा न्यु सनराईज सेकेण्डरी ईङ्गलिश स्कुल प्रथम,हरपुर माध्यमिक विद्यालय द्वितिय र शान्ती निकेतन माध्यमिक बिद्यालयले तृतिय स्थान हाशील गरेका छन ।

सिद्धार्थ माध्यमिक बिद्यालय,कुसुम्हाँको प्रांगणमा सम्पन्न कार्यक्रममा बिजेता बिद्यालयहरुलाई आकर्षक शिल्ड,बिजेता बिद्यार्थीहरुलाई मेडलको साथमा नगद अठार हजार रुपैया र सम्पुर्ण सहभागी बिद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा पाल्हिनन्दन गाउँपालिकाभित्रबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने दशजना बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले बिद्यार्थीहरुको बहुआयामिक बिकासका लागी नियमित पठनपाठनसंगै बिद्यालयहरुले अतिरिक्त क्रियाकलापहरुमा पनि बिशेष जोड दिनुपर्ने बताए । अहिलेका बालबालीकालाई कस्तो बनाउने भन्ने बिषयमा शिक्षकशिक्षीका र अभिभावकले ध्यान दिनुपर्ने र शैक्षीक बिकासका लागी गाउँपालिका सबैसंग हातेमालो गर्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पावित्री कुमारी कोहार,प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल लगाएतले शैक्षीक क्षेत्रको बिकासको महत्वबारे स्पष्ट पारेका थिए । कार्यक्रम भाईब्रेसन मिडिया, काठमाडौँको संयोजनमा सम्पन्न भएको थियो ।

२०७५ भदौ २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्