News Portal

गोली प्रहारबाट नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्या

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५७ पटक
काठमाडौं

भदौ २५, रोल्पा- रोल्पामा आइतबार दिउसो गोली  प्रहारबाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको हत्या भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौरको एक रेष्टुरेन्टमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको बताइएको छ ।

गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्सीले वताएका छन् । छातिमा २ र पेटमा १ गोलि लागेका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

अध्यक्ष पुनको लास हाल प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको प्रहरीले वताएको छ । उनलाई कसले कुन उद्धेश्यले गोली प्रहार गरेको हो भन्ने वारे हालसम्म खुल्न सकेको छैन । घटनास्थलबाट प्रहरीचौकी नजिकै भएपनि अपराधि पक्राउ परेका छैनन् । खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्