News Portal

गोरखाका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या घटनाका १२ आरोपीलाई सफाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१८ पटक
काठमाडौं

भदौ २५, काठमाडौं – गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या घटनाका १२ आरोपीलाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले फरार रहेका मुख्य अभियुक्त रुद्र आचार्य बाहेक अन्य सबै आरोपीलाई सफाई दिने फैसला गरेको हो । आयरल्याण्डमा रहेका आचार्यबारे पछि फैसला गरिने अदालतले जनाएको छ ।

फैसला अनुसार सफार्इ पाउनेमा छविलाल पौडेल, रामप्रसाद अधिकारी, कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायतका रहेका छन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा अपहरणपछि हत्या भएको थियो ।

छविलाललाई पनि सफाई

०७२ पुस ६ गते ‘कृष्ण अधिकारीको मृत्यु कर्तव्यबाट भएको कुरा विवाद छैन’ भन्दै सर्वोच्चले आरोपीत मध्ये छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अधिकारी हत्या अभियोगका आरोपित पौडेल असार २४ गते सर्वोच्च अदालतमा उपस्थित भएका थिए । छविलाललाई पनि अहिले जिल्ला अदालतले सफाइ दिएको र उनलाई छुटाउन प्रचण्ड आफैं जाने बताइएको छ ।

यता गोरखा फुजेलका अधिकारी हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा वकपत्रका लागि उपस्थित हुन दुइ पटक म्याद तामेल भए पनि उनी चितवन अदालतमा हाजिर भएनन् । उनलाई भदौ ४ गते सोमबारका लागि अदालतले म्याद जारी गरेको थियो ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्