News Portal

कविता ‘मलामीको खोजी’ !

रबिन्द्र आशिष शैली काठमाडौं
४६३ पटक
काठमाडौं

के भएको हो खोई
आज भोली सबैमा
अहंमको चलखेल छ
सम्मान लिन लालायित तर
दिन नजानेको जमात छ,
सुनेको हो
फलेको हाँगो झुक्छ रे
तर अचेल फलेको हागोँ पनि
झुक्न जान्दैन
किनकी त्यो फलमा गुदी छैन
तर
उस्ले मान्दैन,
र नझुकी तेर्सी रहन्छ
सल्लाको रुख झै
आकास छुने तरखरमा,
स्वार्थको पुलमा हिडेर
वारपार गर्न खोज्छन
निरन्तर बर्तमानमा मान्छे
उ संग
न सम्बेदनशिलता छ
न बिबेक छ अरु प्रतीको
माया प्रेमहरु खण्डहर झै
भएको छ,
नपत्याए बृध्दाश्रम गएर हेर्नु
आमाबुबाहरुको आखाँमा
टप्पटप्प चुहिरहेका
मजबुरीका आसुँहरु
देख्ने छौ तिमीले
ओठवाट हासोहरु हराएको,
किनकी मान्छे आजभोली
बर्तमानमा बाच्न चाहन्छ
न उस्लाई अतित प्रती लगाव छ
न भबिष्यको ख्याल छ,
एक पटक सबैले अस्ताउनै पर्छ
तर
हेक्का हुदैन उस्लाई दम्भले
च्यापिरहदा सम्मन,
बेलुन जस्तै फूलेका मान्छेहरुले
अभिमानको चुल्हो जलाएर
कतिन्जेल खान पाईन्छ र भात
एक दिन त ग्यास अनि मट्टिटेल
सिध्दिनु नै छ,

होस आउन्जेल ऐ मान्छे बुझ
चितासम्म पुग्न मलामीको खोजीमा
भौतारिनु पर्ने दिन टाढा छैन!!!

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्