News Portal

आज विश्व आत्महत्या रोकथाम दिवस, विश्वमा हरेक वर्ष ८ लाख मानिसले गर्छन आत्महत्या !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५१ पटक
काठमाडौं

भदौ २५, काठमाडौँ – आज विश्व आत्महत्या रोकथाम दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदै छ । नेपाल लगायत विश्वका धेरै देशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोकथाम चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । जसमध्ये सरदर ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ ।

तथ्याङ्क अनुसार विश्वमा गैर कानुनी अपराधबाट मृत्यु हुने भन्दा आत्महत्या गर्नेको संख्या बढी रहेको देखिन्छ । वैशाख १२ गतेको भूकम्पपछि नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । सरकारी तत्थ्याङक अनुसार नेपालमा प्रत्यक बर्ष ५ हजारको हाराहारीमा आत्महत्या गर्ने तत्थ्याङक रहेके छ । गरिबी, बेरोजगारी, अशिक्षा, तनाब, प्रेममा असफल जस्ता कारण आत्महत्याको मुख्य कारक मानिएको छ ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्