News Portal

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भारतीय कांग्रेसद्वारा ‘भारत बन्द’ घोषणा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४०३ पटक
काठमाडौं

भदौ २५, काठमाडौं – पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् । भारतका केही राज्यमा पेट्रोलको मूल्य प्रतिलिटर ८० (भारु) भन्दा माथि छ ।

यो हालसम्मकै उच्च रहेको बताईएको छ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले कांग्रेसले भारत बन्दको आह्वान गरेकोले अन्य विपक्षी दलले पनि यसको समर्थन गरेको बताउनुभयो । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्