मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ ।
सोमबार भएको मिश्रको सुनुवाइपछि समितिले २८ औं प्रधानन्यायाधीशमा रुपमा अनुमोदन गरेको हो । राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान भएकाले औपचारिक रुपमा उनले केही दिनपछि मात्रै प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन्।
विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए । मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ । १८ पुसमा मिश्रले अवकाश पाएपछि अर्का न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्नेछ।
मिश्रलाई भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
२०७५ भदौ २५ गते प्रकाशित
