News Portal

कविता : ‘फेरि पनि कृतिमाकै लागि’

अर्जुन दाहाल काठमाडौं
२३७ पटक
काठमाडौं

गाजलु आँखाले
परेली झिम्क्याउँदै
केही लजाएर
खुला केशले
थोरै दाँत टोकि
जब मन्द मुस्कान छर्दछौ तिमी ,
म आफैँ झ्याप हुन्छु , बिना कुनै नशा ।
जब दौडिन थाल्दछ्न तिम्रो कल्पनाका लहरहरु
त्रासयुक्त वास्तविकता भन्दा
मलाई भ्रमनै प्यारो लाग्छ
त्यसैले जिस्क्याउ तिमी
सायद तिम्रो जिस्क्याइमै मेरो हाँसो लुकेको छ
त्यसैले पुन जिस्क्याउ
सकुन्जेल जिस्क्याउ
म टोलाउन स्वतन्त्र छु
आइदेउ मस्तिष्कमा
म अक्षरमा बदल्ने छु तिमीलाई
कविता बनाएर ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्