मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ २५, काठमाडौं – बाराको अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि २२ लाख रुख काट्नु पर्ने विषयमा दुई मन्त्रालयबीच सहमति भएको छ । विमानस्थल निर्माण गर्नको लागि यति धेरै रुख काट्न पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच सहमति जुटेको हो । आज वन मन्त्रायलयमा मन्त्री शक्ति वस्नेत र पर्यटन मन्त्री रवीन्द्र अधिकारीबीच रुख काट्ने विषयमा सहमति जुटेको पर्यटन मन्त्रीका प्रेस सल्हाकार दयानिधी भट्टले जानकारी दिए ।
दुई मन्त्रालयबीच भएको रुख काट्ने विषयको सहमति स्विकृत गर्नका लागि मन्त्रीपरिषदमा लैजाने निर्णय भएको छ । जतिसक्दो छिटो मन्त्रीपरिषदमा लगेर स्विकृत गराएर रुख काट्न सुरु गर्ने निर्णय भएको भट्टले जानकारी दिए ।
२०७५ भदौ २५ गते प्रकाशित
