News Portal

पारू ढकालले ल्याईन ‘चुन सुपारी’ (हेर्नुस् भिडियो)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५४९ पटक
काठमाडौं

काठमाडौं – पछिल्लो समयका निकै नै चर्चित रहेका भिमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई बुढा शुब्बाको अफिसिय युट्यूब च्यानल मार्फत रिलिज गरिएको हो। गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ।

निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भिमफेदी गाइजको डान्स निकैनै आकर्षक र लोभ लाग्दो देखिएको छ।

हेर्नुस् भिडियो 

२०७५ भदौ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्