News Portal

कविता : ‘जय होस’

अर्जुन दाहाल काठमाडौं
४३६ पटक
काठमाडौं

तीन करोड जनता भएको ,

मेरो देश ,

प्रकृति र सभ्यताले भरिपुर्ण ,

बिज्ञ, विद्वानहरुले हराभरा ,

आज एक निर्दोष, निरीह ,

नागरिकको आवाज सुन्न बिर्सिएको छ ।

सायद हाँसिरहेका होलान ,

कुनै कुनामा बसेर पृथ्वीनारायण शाह ,

थपडी मार्दै साथ दिदै होलान ,

अमरसिंह थापा , भक्ती थापा ,

एवं रितले अन्य अनगिन्तीहरु ,

र सायद सत्य थियो ,

आधुनिक होइन अत्याधुनिक

सामाजिक संजाल फेसबुक ,

आज जियोग्राफिकल मिस्टेकको धब्बा लागेको,

एक नागरिक हेर्दै ,

सम्पुर्ण जनता त्यही फेसबुकमा ,

जोडदार तालीका साथ भनिरहेका छन ,

“गेट – आउट”

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्