News Portal

मुलुकी संहिता : प्रेस स्वतन्त्रता कुण्ठित पारिएकोभन्दै यी यस्ता व्यवस्थामा भइरहेकाे छ विरोध

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०४ पटक
काठमाडौं

 भदौ १, काठमाडौं – अाजबाट डेढ शताब्दी लामाे मुलुकी एेन खारेज भर्इ नयाँ अपराध संहिता र मुलुकी देवानी संहिता लगायतका ऐन  कार्यान्वयनमा आएको छ । मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि, मुलुकी फौजदारी कार्यविधि र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन आजबाट कार्यान्वयनमा आएको हो ।

कानूनहरूले कतिपय नयाँ अपराधको पहिचान गरेको छ भने विगतमा कानुनको दायरामा नरहेका कतिपयलाई अपराधमा समावेश गरेर सजाय र जरिवानालाई वैज्ञानिक बनाइएको बताइएको छ ।

नयाँ कानुनका केही कठाेर प्रावधान समेटिएकाे छ । कसैकाे अनुमतिविना फाेटाे खिच्न नपाइने तथा अावाज रेकर्ड गर्न नपाइनेजस्ता प्रावधानले गर्दा  प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै विराेध भइरहेकाे छ । नया एेनका केही दफामा मिडिया तथा सञ्चारकर्मीहरुबाट विराेध तथा अालाेचना भइरहेकाे छ, जुन यसप्रकार छन्-

दफा २९३ः अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुने व्यवस्था
दफा २९४ः गोप्य कुरा प्रकट गर्न नहुने व्यवस्था
दफा २९५ः अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप विगार्न नहुने
दफा २९६ः अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने
दफा २९७: चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने
दफा २९८ः विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने
दफा २९९ः छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने
दफा ३००ः बद्नियतले अरुको चिठ्ठी पत्र लेख्न नहुने
दफा ३०१ः मा अरुको शरीर खानतलासी गर्न नहुने
दफा ३०२ः अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुने
दफा ३०३ः क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था

परिच्छेद २ : गाली बेइज्जती सम्बन्धी कसुरको व्यवस्था
दफा ३०५ः गाली गर्न नहुने
दफा ३०६ः बेइज्जती गर्न नहुने
दफा ३०७ः बेइज्जती गरेमा हुने सजाय व्यवस्था ।

२०७५ भदौ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्