News Portal

धिरु बस्नेतसहित ३ डीआइजी एआइजीमा बढुवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६४८ पटक
काठमाडौं

काठमाडाैं – सरकारले  नेपाल प्रहरीको ३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई  प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।  आज बसेको बढुवा समितिले डिआइजीहरु पुस्कर कार्की ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाको लागि सिफारिस गरेको हो।

बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव समेत रहेका आईजीपी सर्वोच्द्र खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पद गत २९ चैत  देखि रिक्त रहेको थियो।
डीआईजी कार्की, राई,  बस्नेतसहित मनोज नेउपाने र सुरेशबिक्रम शाह प्रतिस्पर्धामा थिए।

२०७५ भदौ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्