News Portal

इङ्गल्याण्ड विरुद्धको अन्तिम टेस्टमा भारत ११८ रनले पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६४ पटक
काठमाडौं

भदौ २७,काठमाडाैं – भारतीय ब्याट्सम्यान ऋशब पन्त र के यल राहुलले शतकिय पारी खेले पनि इङ्गल्याण्ड विरुद्धको अन्तिम टेस्टमा भारत पराजित भएको छ ।

ईङ्गल्याण्ड विरुद्धको अन्तिम टेस्टको दोस्रो पारिमा भारतिय ब्याट्सम्यान द्वय ऋशब पन्त र के यल राहुलले क्रमशः ११४ र १४९ रन बनाए पनि भारत ११८ रनले पराजित भएको छ । यस अघि नै सिरिज गुमाएको भारतले पराजित भए सङ्गै ईङ्गल्याण्ड विरुद्धको टेस्ट सिरिजमा १-४ को हारमा चित्त बुझाएको छ ।

केनिङटन ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको ईङ्गल्याण्डले पहिलो पारिमा ३३२ र दोस्रो पारिमा ४२३ रन बनाउदै पारी घोषणा गरेको थियो । ब्याटिङमा इङ्गल्याण्डको लागि अन्तिम टेस्ट खेलिरहेका अलिस्टर कुकले पहिलो पारिमा ७१ र १४७ रन बनाएका थिए भने कुक म्यान अफ द म्याच समेत घोषणा भए ।

पाहुना टोलि भारतले आफ्नो पहिलो पारिमा २९२ रन मात्र बनाए पछि अन्तिम टेस्टमा जितको लागि ४६४ रनको लक्ष्य पाएको थियो ।

जितको लागि ४६४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको भारतले दोस्रो पारिमा २ रन जोड्दा ३ विकेट गुमाएको थियो भने पुरै टोलि ३४५ रनमा समेटिएको थियो ।

ब्याटिङतर्फ भारतिय ब्याट्सम्यान ऋशब पन्त र के यल राहुलले क्रमशः ११४ र १४९ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेनन् । भारतका पाँच जना ब्याट्सम्यानले शुन्य रन बनाएका थिए ।

पाँच खेलको सिरिजमा भारतीय टिमका कप्तान विराट कोहली प्लेयर अफ द सिरिज घोषणा भएका थिए ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्