मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ २७, कञ्चनपुर – निर्मला पन्त को बलात्कारपछि हत्याको घटना सेलाउन नपाउंदै कञ्चनपुर फ़ेरि दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
२०७५ भदौ २७ गते प्रकाशित
