News Portal

मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९८ पटक
काठमाडौं

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ ।

नयाँ संहिताले पीडितले न्याय पाउने भन्दै नयाँ ऐन हालसम्मकै उत्कृष्ट भएको आयोगले दावी गरेको हो । नेपालले पीडितलाई न्याय दिन नसकेको भनि अन्तराष्ट्रिय समुदायले आलोचना गरिरहँदा नयाँ ऐनले गतिलो जवाफ दिएको आयोगको दावी छ ।

सरकारले आजबाट लागू गरेको कानुन सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले नयाँ ऐनको विरोध गर्नुको तुक नभएको आयोगको तर्क छ ।

आजबाट मुलुकी ऐन प्रतिस्थापन गरेर कानुनहरुमा मुलुकी अपराध ऐन अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्य्विधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन राखिएको छ ।

२०७५ भदौ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्