News Portal

निर्मलालाई न्याय दिन नसक्ने भन्दै छानबिन समितिबाट राजिनामा दिएका केसीले राजिनामा फिर्ता लिए

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३५८ पटक
काठमाडौं

भदौ २७, काठमाडाैं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न बनेको छानविन समितिका सदस्य  वीरेन्द्रकुमार केसीले राजिनामा दिएको केही दिनमै फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले सोमबार राजीनामा दिएका थिए।

आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले राजीनामा फिर्ता लिएको बताएका छन्। ‘राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुन: संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु,’ उनले भने, ‘ सरकारले सुम्पिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहनेछु।’

म्याद थपको विषयका कारण पहिला अलग रहेको र अहिले उक्त विषय मिलेका अनुसन्धान पुन फर्किएको उनले बताए ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्