News Portal

भारत ‘बि’ सँग नेपाली जुनियर टिम ४० रनले पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२१ पटक
काठमाडौं

भदौ २७,काठमाडाैं – भारत भ्रमणमा रहेको नेपाली अन्डर १९ टिम पहिलो खेलमा भारतीय नेशनल एकेडेमीको अन्डर १९ टिमसँग पराजित भएको छ। आज भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको नेपाल ४१.३ ओभरमा १२१ रन बनाउदा अल आउट भएको थियो।  नेपालका लागि भिम सार्कीले सर्वाधिक ३० रन बनाएका थिए भने कमल सिंह ऐरीले २२ रन बनाएका थिए।  नेपालको सधै झैँ ब्याटिंग यस खेलमा पनि समस्याग्रस्त देखियोले १६१ मा रोकेको यस खेलमा जिम्मेवारी पूर्ण ब्याटिंग नगर्दा १२१ रन मै आउट हुन पुग्यो।

भारतका लागि पंकज यादव र शुभांग हेगडेले ३-३ विकेट लिएका थिए भने साहिल राजले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेशनल क्रिकेट एकेडेमीको अन्डर १९ टिमलाई ४९ ओभरमा १६१ रन  बनाएको थियो। नेपाली युवा बलरहरुले उत्कृष्ट बलिङगर्दै टस जितेर बलिङ रोजेको खेलमा भारतको नेशनल क्रिकेट एकेडेमीको टिमलाई १६१ रनमा रोकेको थियो।

भारतीय टिमका लागि कमरान इकवालले ५० रन बनाए भने रिषव चौहानले १९ रन बनाए। त्यस्तै कप्तान वेदान्त मुरकर, सहिल राज र शुभांग हेड्गेले १२-१२ रन बनाएका थिए। नेपाली बलर कमला सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ विकेट लिए। त्यस्तै किशोर महतो, सामसद आलम र सागर ढकालले एक एक विकेट लिएका थिए। २ विकेट नेपालले रन आउटको रुपमा लिएको थियो। विपिन रावलले भारतीय टिमका सहिल राजलाई रनआउट गराएका थिए भने रवि शाहले ११ रन बनाएका भारतका पंकज यादवलाई रन आउट गरेका थिए ।

 नेपालले अब अर्को खेल भारतको अन्डर १९ टिमसँग आगामी शुक्रबार खेल्ने छ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्