News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५४ पटक
काठमाडौं

 

भदौ २८,काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल भदौ २८ गते। बिहीबार। इश्वी सन् २०१८ सेप्टेम्बर १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्थी, १७:५३ बजेउप्रान्त पञ्चमी। नक्षत्र– स्वाती, २८:५५ बजेउप्रान्त विशाखा। योग– ब्रह्म, ६:५८ बजेदेखि ऐन्द्र, २९:२५ बजेउप्रान्त वैधृति। करण– वणिज, ६:१५ बजेदेखि भद्रा, १७:५३ बजेपछि वव, २९:३८ बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान ३० घडी ५३ पला। गणेश चतुर्थी। राष्ट्रिय धर्मसभा-दिवस।

मेष– काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ ।
वृष– कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ ।
मिथुन– विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ ।
कर्कट– रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
सिंह– अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।
कन्या– धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ ।
तुला– आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।
वृश्चिक– सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला ।
धनु– आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ ।
मकर– स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला ।
कुम्भ– चल हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् ।
मीन– अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ ।

28 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 10:50 देखि 11:50 सम्म छ, यो समय चन्द्र होराको हो / अन्तिमको केहि समय अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा र अभिजित मुहूर्त शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

28 गते राहु काल दिउँसो 1:30 देखि दिउँसो 03:03 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

28 गते मुंग, तिल वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

28गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

28 गते का लागि सहित जुरेका कामहरु बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम, पितृ कार्य गर्न आजलाई राम्रो छ /

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्