News Portal

निर्मलाका हत्यारा भिआइपी हुन, प्रहरी र जनप्रतिनिधि मिलेर संरक्षण दिएका छन् : संघर्ष समिति संयोजक भण्डारी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१७४ पटक
काठमाडौं

भदौ २८, काठमाडौं – फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ।

निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी  र स्थानिय जनप्रतिनिधि नै सक्रिय रुपमा लागि परेको  खुलासा भएको छ।  आज रेडियो अन्नपूर्णको कार्यक्रम ‘मूल प्रवाह’मा निर्मला पन्तलाई न्याय दिलाउन बनेको  संघर्ष समितिकी संयोजक  मिना भण्डारीले हत्यारा भीआईपी भएकै कारण स्थानीय मेयरले पक्राउ गर्न केहि चासो नदिदा हामी संघर्षमा उढ्न बाध्य भएको बताएकी छन् ।

महिला अधिकारकर्मी तथा हरूका संघर्ष समितिकी संयोजकका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ ।

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।

निर्मलाल़ाई न्याय दिलाउन भन्दै यति बेला काठमाडौं आइपुगेका  संयोजक भण्डारीले  दुखेसो पोख्दै भनिन् ” हामीलाई नै बाच्न मुस्किल हुने भो गाउँमा प्रहरीले साथ दिदैंन जनप्रतिनिधिले वास्था गर्दैनन् !”

‘४८ दिनसम्म  छोरीको हत्यारा पत्ता लागेको छैन। यसबीचमा आन्दोलन भयो । आन्दोलनमा मान्छे मारिए ।संघर्ष समिति बन्यो । सरकारसंग सहमति पनि भयो । र्दुभाग्य दल , सरकार र प्रहरी प्रशासनले छोरीको बलात्कारी हत्यारालाई कारवाहीको माग गर्ने स्थानीयलाई अनेक ढंगबाट त्रसाउदै आइरहेको छ ।

२०७५ भदौ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्