News Portal

कांग्रेसको माग बारे सरकारले भोली संसदमा जवाफ दिने प्रतिबद्धता आएपछि संसदको अवरोध हट्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४६ पटक
काठमाडौं

भदौ २८, काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे सरकारले भोली संसदमा जवाफ दिने प्रतिबद्धता आएपछि संसदको अवरोध हटेको छ । बैठकको सुरुमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पन्तको बलात्कारपछि हत्या, रोल्पामा तरुण दलका नेताको हत्यामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याउन नसकेको र खोजतलास साप्ताहिक पत्रिकाका प्रधान सम्पादक राजु बस्नेत पक्राउबारे सरकारको जवाफ माग गर्दै अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधपछि सभामुख कृष्ण बहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरे ।

दोस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर प्रतिवेदन आइनसकेको उल्लेख गरे । ढकालले सबै घटनाको अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सम्बन्धीत मन्त्रीले शुक्रबार संसदमा यी विषयको जवाफ दिने प्रतिबद्धता जनाए । मन्त्री ढकालको प्रतिबद्धतापछि अहिले बैठकमा समसामयीक विषयमा सांसदहरुले धारणा राखिरहेका छन् ।

 

२०७५ भदौ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्