News Portal

अभिनेत्री युना उप्रेती आमा बन्दै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५२७ पटक
काठमाडौं

काठमाडौँ – अभिनेत्री युना उप्रेती आमा बन्ने भएकी छन् । करिब एक दर्जन भन्दा बढि फिल्ममा काम गरिसकेकी युना हाल उनी अमेरिकामा बस्दै आएकी छन् । उनले आमा बन्न लागेको कुरा अमेरिकाबाट सामाजिक संजालमा तस्वीरसहित स्टाटस पोस्ट गर्दै जानकारी दिएकी हुन् । उनको बच्चाले गर्भमा स्थान लिएको करिब २५ औं हप्ता पुगेको जानकारी दिएकी छन् ।

करिब पाँच वर्ष अगाडि अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिवाह गरेकी थिइन् । उनको श्रीमान् मेडिकल अफेयर्समा काम गर्छन् भने उनी अमेरिकाको ऐकेडेमी बैंकमा पर्सनल बैंकरको रूपमा कार्यरत छिन् ।

अमेरिका पुगेपछि बिकास अधिकारीसँग विवाह गरेकी युनाले अभिनय गरेको पहिलो फिल्म ‘पर्खिबसेँ’ हो भने अमेरिका जानु अगाडि उनले ‘प्रितीको फूल’नामक फिल्ममा काम गरेकी थिइन् ।

२०७५ भदौ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्