News Portal

मन्त्रीहरूकाे परीक्षा लिँदै प्रधानमन्त्री : ५० प्रतिशत अंक नल्याउने मन्त्री ‘रेड जोन’मा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५७ पटक
काठमाडौं

भदौ ३० काठमाडौं – अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन्।

असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के-कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै गर्ने प्रधानमन्त्रीका तयारी रहेकाे छ। यसरी अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको रहेकाे खबर नयाँ पत्रिकामा छ।

सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन्। कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन्।

२०७५ भदौ ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्