घनश्याम श्रेष्ठकाठमाडौं

काठमाडौँ – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै आज देशव्यापी प्रदर्शन गरिएको छ । निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म युवाहरूले स्वतःस्फुर्त विरोध र्याली गरेका हुन्। दिउँसो चर्को घाँमलाई पनि कुनै प्रवाह नगरी ठूलो सङ्ख्यामा युवाहरुको उपस्थिति रहेको थियो।
शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाहरूले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकालाई न्याय दिन उनीहरूले माग गरेका छन्। ५० दिन नाघि सक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्यालीका सहभागीहरूले सरकारको आलोचना गरेका छन्।
२०७५ भदौ ३० गते प्रकाशित
