News Portal

 आज भाद्र ३१ आइतबारको राशिफल 

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७७७ पटक
काठमाडौं

भदौ ३१, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल भदौ ३१ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– सप्तमी, १८:२० बजेउप्रान्त अष्टमी। नक्षत्र– अनुराधा, ६:३१ बजेउप्रान्त ज्येष्ठा। योग– प्रीति, २७:०८ बजेउप्रान्त आयुष्मान्। करण– गर, ५:५७ बजेदेखि वणिज, १८:२० बजेउप्रान्त भद्रा। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान ३० घडी ४१ पला। भक्तपुरस्थित मंगलकुण्डमा मेला। रवि–सप्तमी व्रत। भाद्र मसान्त।

मेष– बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
वृष– प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।
मिथुन– पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।
कर्कट– प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
सिंह– परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् ।
कन्या– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् ।
तुला– ्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ ।
वृश्चिक– अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
धनु– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ ।
मकर– ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ ।
कुम्भ– प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।
मीन– छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।

31 गते बिशेष काम गर्ने राम्रो समय बिहान 08:48 देखि 09:48 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

31 गते राहु काल बेलुका 4:39 देखि 06:11 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

31 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

31 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

31 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
काठमाडाैं

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्