News Portal

उपत्यकामै प्रहरीले यसरी लिदा रैछन ठेकेदारसँग घुस, नौ जना प्रहरी अख्तियारको नियन्त्रणमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५९ पटक
काठमाडौं

भदौ ३१, काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई शनिबार नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । प्रसनी श्रेष्ठले ठेकेदारसँग ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले पाँच÷पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।

त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी जवान रिजाल र रोकाले पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग पाँच÷पाँच हजार घुस मागेका थिए । उनीहरुलाई बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारले नियन्त्रणमा लिएको हो । आयोगले उनीहरुको साथबाट एक लाख बरामद गरेको छ ।

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्