News Portal

धुर्मुस–सुन्तलीलाई क्रिकेट मैदान बनाउन जग्गा दिने प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्वीकृत

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४६ पटक
काठमाडौं

भदौ ३१, चितवन – धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट एकेडेमी बनाउन जग्गा दिने चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको प्रस्तावलाई प्रधानमन्त्रीले स्थगन गरिदिएका छन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको सभाले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभामा विश्वविद्यालयका तर्फबाट विश्वविद्यालय परिसरमा रहेको २० बिघा जग्गा फाउन्डेसनलाई दिने प्रस्ताव गरिएको थियो । भरतपुर महानगरपालिकाको अनुरोधमा विश्वविद्यालयले यस्तो प्रस्ताव सभामा पेस गरेको हो ।

उक्त २० बिघा बराबरको जग्गा महानगरपालिकाले विश्वविद्यालयलाई अन्यत्रै उपलब्ध गराउने वचन पनि दिएको थियो । तर उक्त जग्गा पशु अध्ययन (विशेषगरी भैंसीको अध्ययन) का लागि छुट्याइएको थियो । कृषि विश्वविद्यालयको अमूल्य निधि रहेको भैंसीको अध्ययन तथा चरनका लागि छुट्याइएको समथर जग्गा क्रिकेट स्टेडियमलाई दिन लागिएको भन्दै विश्वविद्यालयका केही प्राध्यापक पनि विरोधमा थिए ।

शुक्रबारको सभामा प्रधानमन्त्रीले विश्वविद्यालयको जग्गामा क्रिकेट स्टेडियम बनाउँदा विवाद हुन सक्ने भन्दै तत्कालका लागि यो विषय स्थगन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । सभाका एक सदस्यले भने, ‘भरतपुर महानगरपालिकाका मेयर लगायत पदाधिकारीलाई खुसी पार्न उपकुलपतिको जोडबलमा जग्गा दिन लागिएको थियो । प्रधानमन्त्रीज्यूले रोक्न निर्देशन दिनुभयो ।’
अन्नपूर्णबाट

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्