News Portal

विप्लवको पार्टीले निष्कासन गरेका पत्रकारहरुको आयो यस्तो धारणा, आरोप पुष्टि गर्न पार्टीलाई चुनौती

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६५० पटक
काठमाडौं

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका मध्य कमान्ड इन्जार्ज तथा नेकपा निकट जबस मोर्चा इन्चार्ज सुदर्शनले क्रान्तिकारी पत्रकार संगठन नेपालका ५ जना पत्रकारहरुलाई पार्टी बाट समान्य सदस्य समेत नरहनेगरि कारबाही गरेपछि सो संगठनका पूर्व अध्यक्ष प्रभात चलाउने, जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुषाल, सुदीप बर्देवाले पार्टीले गरेको कारबाहीको प्रक्रियाका साथै लगाइएका आरोपहरूका बारेमा प्रश्न उठाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, क्रान्ति गर्छु भन्ने एउटा कम्युनिस्ट पार्टीले कसरी यस किसिमको पद्धति अँगालेर कार्यकर्तालाई कारबाही गर्न सक्छ हामीमाथि जुन आरोप लगाइएका छन्, तिनको कुनै आधार त छैन नै, यति कपोलकल्पित पनि छन् कि जुन राजनीतिक पनि लाग्दैनन् । यी बिल्कुलै हास्यास्पद र बालगोठालाका खेलका कथा जस्ता मात्र लाग्छन् । हामी ती आरोपको जुनसुकै जनअदालतको कठघरामा उभिएर पनि यसका एकएक शब्द शब्दमा कुरा गर्न तयार छौँ ।

हामीसँग एउटा प्रश्न छ । विधि, पद्धति, अनुशासन नेताहरूमा लागु हुने कुरा हो कि होइन रु कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइंदैन रु यो पार्टी र आन्दोलन विकास गर्न हामी कार्यकर्ताको कुनै योगदान छ कि छैन रु लामो समयदेखि आन्दोलनमा लागेका र योगदान पुर्याएका कुनै राजनीतिक कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रिस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ रु निष्काशन तहको कारवाही कमिटीले गर्ने हो कि नेताको विज्ञप्तिले गर्ने हो रु हामीलाई त यो विश्वास नै भइरहेको छैन कि यो कम्युनिस्ट पार्टीको निर्णय हो । आजसम्म पढिने र पढाइने लेनिनवादी सङ्गठनात्मक पद्धतिले यही कुरा भन्छ ।

ती केही पनि नगरेर बाहिर सार्वजनिक रूपमा विज्ञप्ति निकाल्नु पर्ने के कारण आइलाग्यो रु त्यसले क्रान्ति र आन्दोलनलाई के हित हुन्थ्यो रु यो बाध्यता नेताहरूलाई कसरी आइलाग्यो रु मार्क्सवादी दर्शन र सिद्धान्त तथा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई जीवनपद्धति बनाउने नेताहरूले कार्यकर्ताबीचका केही अन्तर्विरोध नै भए पनि यसरी हल गर्छ भन्ने विश्वास नै गर्न सकिन्न । अझ एउटा क्रान्ति गर्ने उद्घोष गरेको क्रान्तिकारी पार्टी र तिनका नेताहरूले यस्तो गरे होलान् भनेर सायद कल्पना पनि गर्न सकिने कुरा होइन ।

सुचना चुहाएको भन्ने कुरा राजनीतिक पूर्वाग्रहबाट आएको छ । बरु हामीले होईन, स्थायी समिति सदस्यबाटै सबै कुरा बाहिरिएको भनेर समाचार माध्यममा बाहिर आईसकेको छ । यहाँ पनि उल्लेख गर्नु आवश्यक छ कि विज्ञप्तिमा चारवटा आरोप लगाइएको छ । कुरा ‘सार्वजनिक रूपमा जिम्मेवार साथीमाथि हातपात गरेको’ आरोपको गरौं । कुरा लगाउनेले कुन आसय र दुरासय राखेर लगाए, तर नेताहरूले यो प्रमाणित गरुन् कि कुन ठाउँमा कसले कसमाथि हातपात गरेको हो रु सार्वजनिक ठाउँमा भनेपछि देख्नेहरू पनि होलान् । त्यो कुन ‘जिम्मेवार साथी’ हो, जसमाथि हातपात भयो, त्यस्तो कोही छ भने ममाथि हातपात भएको हो भनेर उभ्याइयोस् । दोस्रो आरोप सूचना चुहाएको भन्ने छ । यो राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन । कतै केही प्रमाण भए यसलाई पनि पुष्टि गर्न चुनौती दिन्छौं । बरु पार्टीका स्थायी समिति सदस्यकै साथमा पार्टी बनेदेखि आजसम्मका सबै दस्ताबेज, हिसाबकिताब, सर्कुलर र बैठकमा टिपिएका नोटकपी र ल्यापटपसमेत गएको कुरा बाहिर छ्याप्छ्याप्ती आइसकेकै छ । साथै अरू नेताहरूका साथमा पनि धेरै कुरा गएको नेताहरूलाई नै थाहा नै छ ।

प्रेस नोट
मिति : ०७५-५-३०

क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालमा आबद्ध हामी पाँच जनाको नाम जोडेर नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज कमरेड सुदर्शनका नाममा जारी भएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा हामीमाथि केही राजनीतिक र अराजनीतिक आरोप लगाइएको र त्यसका बारेमा बाहिर व्यापक प्रश्नहरू पनि उठेकाले त्यसबारेमा प्रस्ट पार्नुपर्ने आवश्यकता बोध भई यो टिप्पणी जारी गरिएको छ ।

कमरेड सुदर्शनले जारी गरेको विज्ञप्ति जसरी आएको छ र त्यसमा हामीमाथि जे जे आरोपहरू लगाइएको छ, त्यसबारे प्रतिक्रिया दिँदा पार्टी र नेताहरूलाई पर्ने अप्ठेरो र असरको ख्याल गर्दै प्रतिक्रिया नदिने सोचमा हामी पुगेका थियौँ । पक्कै पनि अहिलेको जुन राजनीतिक सन्दर्भ र विज्ञप्तिमा लगाइएका आरोपका विषयवस्तु छन्, त्यसबारे सवालजवाफ गर्नु उपयुक्त होइन । त्यसले असर पुर्याउँछ भने सबैभन्दा बढी असर परिवर्तनकामी जनता र आन्दोलनलाई पुर्याउँछ, अनि यो समग्र आन्दोलनको नेतृत्व गरिरहेको हुनाले पार्टी महासचिवलाई पुर्याउँछ । साथै नेपालको संसदीय राजनीतिभित्रको अन्तहीन किचलोबाट आजित भएर परिवर्तनको अन्तिम आशलाग्दो विकल्प यही आन्दोलन हो भन्ने निष्कर्षमा पुगेका र पुग्दै गरेका नौजवान युवाहरूमा असर पर्छ नै । तर, पार्टीको उपल्लो तहले नै त्यसको असरबारे कुनै ख्याल नराखेर विषयवस्तु बाहिर लगिसकेपछि, प्रश्नहरू उठ्न थालेपछि हामीले आफ्नो विषय राख्नु अन्यथा हुने छैन । सरकार पार्टीमाथि दमनपूर्ण रवैयामा उत्रिएको, व्यापकरूपमा गिरफ्तारी बढाइरहेको र सरकारसँग एकखालको तीब्र सङ्घर्ष चलिरहेको बेला वा बाह्य सङ्घर्ष घनिभूत बनेका बेला कुनै पनि राजनीतिक पार्टी र आन्दोलनलाई आम जनताको साथ, सहयोग र समर्थन जरुरी हुन्छ र लिनुपर्छ । यस्तो बेला आन्दोलनमा सक्रिय कार्यकर्ताहरूलाई चिढ्याउनु, निस्कृय बनाउन खोज्नु वा आन्तरिक पंक्तिलाई आपसी सवालजवाफमा तान्नु कदापि पनि परिपक्व र सही काम होइन । यस्तो बेला पार्टी नेतृत्वले किन यस्तो गर्यो भन्ने कुरामा हामी अचम्मित पनि परेका छौ ।

हामी आफ्नो नैतिक मूल्यमा विश्वास गर्छौ । जबसम्म मानिसको नैतिक तागत उच्च रहन्छ, तबसम्म जस्तासुकै आरोप लगाइए पनि त्यसले अलिकति पनि असर गर्दैन । अझ हामी जनतामाझ काम गर्ने राजनीतिककर्मीहरू हाम्रो जीवन कही केही लुकाउनुपर्ने छैन । त्यसमा पनि हामी जनपक्षीय पत्रकारिता यात्रामा लामो समयदेखि लागेकाले हाम्रो जीवन खुल्ला किताबजस्तै छ । त्यसैले तथ्य र आधारहीन कुनै आरोप लगाउनु भनेको उल्टै यो आरोप लगाउनेको स्तरको खुलासा हुनुवाहेक केही हुँदैन । विज्ञप्तिमा हामीमाथि जुन आरोप लगाइएका छन्, तिनको कुनै आधार त छैन नै, यति कपोलकल्पित पनि छन् कि जुन राजनीतिक पनि लाग्दैनन् । यी बिल्कुलै हास्यास्पद र बालगोठालाका खेलका कथा जस्ता मात्र लाग्छन् । हामी ती आरोपको जुनसुकै जनअदालतको कठघरामा उभिएर पनि यसका एकएक शब्दशब्दमा कुरा गर्न तयार छौँ ।

यहाँ पनि उल्लेख गर्नु आवश्यक छ कि विज्ञप्तिमा चारवटा आरोप लगाइएको छ । कुरा ‘सार्वजनिक रूपमा जिम्मेवार साथीमाथि हातपात गरेको’ आरोपको गरौं । कुरा लगाउनेले कुन आसय र दुरासय राखेर लगाए, तर नेताहरूले यो प्रमाणित गरुन् कि कुन ठाउँमा कसले कसमाथि हातपात गरेको हो रु सार्वजनिक ठाउँमा भनेपछि देख्नेहरू पनि होलान् । त्यो कुन ‘जिम्मेवार साथी’ हो, जसमाथि हातपात भयो, त्यस्तो कोही छ भने ममाथि हातपात भएको हो भनेर उभ्याइयोस् । दोस्रो आरोप सूचना चुहाएको भन्ने छ । यो राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन । कतै केही प्रमाण भए यसलाई पनि पुष्टि गर्न चुनौती दिन्छौ दिन्छौं । बरु पार्टीका स्थायी समिति सदस्यकै साथमा पार्टी बनेदेखि आजसम्मका सबै दस्ताबेज, हिसाबकिताब, सर्कुलर र बैठकमा टिपिएका नोटकपी र ल्यापटपसमेत गएको कुरा बाहिर छ्याप्छ्याप्ती आइसकेकै छ । साथै अरू नेताहरूका साथमा पनि धेरै कुरा गएको नेताहरूलाई नै थाहा नै छ । हामी नेताहरूलाई कहिले पनि भेट्दै नभेट्ने र लामो समयदेखि कुनै सम्पर्क नै नभएका कार्यकर्ताले सूचना चुहाएको भन्ने आरोपको कुनै तुक छैन ।

तेस्रो आरोप पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालहरूमा भ्रामक समाचार दिएको भन्ने आरोप छ । पहिलो त यो पदावली नै स्पष्ट छैन । सामाजिक सञ्जाल के हो रु समाचार र भ्रामक समाचार के हो भन्ने कुराको स्पष्टता नहुन पनि सक्छ । तै पनि कुन सामाजिक सञ्जालमा कहिले त्यसखालका ‘भ्रामक समाचार’ दिइएका हुन्, त्यसको पनि पुष्टि गरियोस् । सायद सार्वजनिकरूपमा पुष्टि गर्न नमिल्ने होला, हामीलाई मात्र भनिदिए पनि पुग्छ कि, कुन साथीले कहिले सामाजिक सञ्जालमा कुन नेताका विरुद्धमा भ्रामक कुरा लेख्यो रु

अर्को आरोप छ ‘पत्रकार सङ्गठन सम्बन्धी पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको’ । यो भनेको क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालको बैशाख १५, १६ र १७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको सन्दर्भ हुनुपर्छ । दुई सय बढी प्रतिनिधिहरूको सहभागितामा हामीले सङ्गठनको राष्ट्रिय सम्मेलन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरी नगरकोटमा बन्दशत्र गरेका थियौँ । जसको उद्घाटन स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नै गर्नुभएको थियो । सम्मेलन कति मेहनत र दुःखका साथ गरिएको थियो, कति भव्यतापूर्वक सम्पन्न भएको थियो, भन्ने कुरा सायद सबैलाई विदितै छ । अनि सम्मेलनको सबै प्रक्रिया सकेर नेतृत्व चयनको प्रक्रियामा पुग्दा कसले अराजकता मच्चाएको थियो भन्ने बन्दशत्रमा सहभागी हुने सबैका सामु दिनको घाम जतिकै छर्लङ्ग छ । त्यो सम्मेलन सम्पन्न भएको पाँच महिना पुगिसक्दा पनि हामीले कुनै किसिमको प्रतिक्रिया नजनाएर बसेको सत्य हो । विगतमा कतिपय जनवर्गीय सङ्गठन् सम्मेलन स्थलबाटै उठेर पत्रकार सम्मेलन गर्ने र समानान्तर कमिटि गठन गरिएका उदाहरण नेताहरूले नभुलेको हुनुपर्छ ।

तर, महिनौं बित्दा पनि पार्टीले भनेअनुसार नै केन्द्रीय समितिको पहिलो बैठकमा छलफल गर्नुपर्छ भनेर सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिका साथीहरू पर्खेर बसेको पो हो त । यसबीच पार्टीका नेताहरू पत्रकार सङ्गठनको बैठक बसाल्ने, साथीहरूका कुरा सुन्न मात्र पनि तयार देखिएनन् । यसअघि हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नगरकोटमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको बन्दशत्रमा अराजकता मच्चाउने अनुशासनहीन एक दुई जना व्यक्तिहरूको एकोहोरो कुरा सुनेर र आँखा चिम्लेर त्यो कुरामा विश्वास गर्नेतिर नेताहरू गए । अचम्म त यो छ कि, तिनले दिएका गलत र नक्कली सूचनाका बारेमा नेताहरूले हामीसँग सोध्ने आँट पनि गरेका छैनन् । त्यसपछि एकाएक नेताहरूले त्यही गुटका केहीलाई सङ्गठनको पदाधिकारी बनाइएको हल्ला आयो । त्यो हल्ला पनि केन्द्रीय समितिको बैठक बसालिएला र त्यहाँ आउला भन्ने ठानेर पर्खेर बसेकै बेला नेताहरूलाई गलत सूचना दिन लागेकाहरूले आफैंले आफैंलाई सामाजिक सञ्जालहरूमा भकाभक बधाई लेखाउन थाले । केही अनलाइनहरूमा पनि समाचार लेखाउन थालियो ।

त्यति मात्र होइन, गिरफ्तार गरिएका नेताले धुलिखेलको हिरासतभित्रै बोलाएर बैठक बसालेको र जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा पुलिसको निगरानीमा गरिएको बैठकमा नगरकोटमा निर्वाचित कमिटि डिजल्भ गर्न र ३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्माण गर्न भनिएको छ भनेर जिम्मेवारी दिइएका भनिएका व्यक्तिहरू व्यापकरूपमा छलफलमा लागे । एकातिर केन्द्रीय समितिको बैठक बसेर पदाधिकारी चयन गरेको भन्ने बिल्कुलै असत्य कुरा सामाजिक सञ्जालमा लेखाउन थालिएको र अर्कोतिर हिरासतमै बोलाएर केही थोरै मान्छेको बैठक बसाली राष्ट्रिय सम्मेलन र सम्मेलनले गरेको निर्णय खारेज गर्न आदेश दिएको कुरा तिनै आदेश पाउनेले भन्दै हिडन थालेपछि नगरकोटमा चयन भएका ४८ जना केन्द्रीय सदस्यमध्ये ४० जनाले त्यो सही नभएको भन्ने एकदमै नरम विज्ञप्ति निकालेको सत्य हो । स्मरण रहोस् बाँकी ८ जनामध्ये पनि केही साथीहरू न्यूट्रल हुनुहुन्छ । यसरी दिनको घामजत्तिकै छर्लङ्ग कुरामा भ्रामक पर्दा हालेर, आन्दोलनमा लागेका साथीहरूमाथि अत्यन्तै निराधार, कपोलकल्पित र तथ्यहीन आरोप लगाउनु, सार्वजनिक रूपमा बेइज्जत गर्ने प्रयास गर्नुका पछाडि कुन स्वार्थ लुकेको छ, हामी आश्चर्यमा परेका छौं । त्यस्ता आरोपको कुनै अर्थ छैन ।

हामीसँग एउटा प्रश्न छ । विधि, पद्धति, अनुशासन नेताहरूमा लागु हुने कुरा हो कि होइन रु कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइंदैन रु यो पार्टी र आन्दोलन विकास गर्न हामी कार्यकर्ताको कुनै योगदान छ कि छैन रु लामो समयदेखि आन्दोलनमा लागेका र योगदान पुर्याएका कुनै राजनीतिक कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रिस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ रु निष्काशन तहको कारवाही कमिटीले गर्ने हो कि नेताको विज्ञप्तिले गर्ने हो रु हामीलाई त यो विश्वास नै भइरहेको छैन कि यो कम्युनिस्ट पार्टीको निर्णय हो । पहिलो त सोझै हामीलाई बोलाएर यस्तो कुरा आएको छ के हो भनेर नेताले सोध्नुपथ्र्यो । यदि सोध्न मिलेको थिएन भने सबैका कमिटी थिए भनिएको छ, ती कमिटीको बैठक राखेर त्यहाँ छलफल गराइनुपथ्र्यो, त्यो बैठक राख्ने अवस्था पनि थिएन भने ती कमिटीका इन्चार्जहरू थिए होलान्, तिनलाई बुझ्न र सोध्न लगाइनुपथ्र्यो । नेताहरूलाई लागेको विषयमा स्पष्टीकरण सोध्नुपथ्र्यो । त्यति पनि नभ्याइएको भए आन्तरिक रूपमा सर्कुलर गरेर यिनका बारेमा यस्तो निर्णय भएको छ भनेर पार्टीको आन्तरिक रूपमा गर्नु सायद परिपक्व हुन्थ्यो होला ।

आजसम्म पढिने र पढाइने लेनिनवादी सङ्गठनात्मक पद्धतिले यही कुरा भन्छ । ती केही पनि नगरेर बाहिर सार्वजनिक रूपमा विज्ञप्ति निकाल्नु पर्ने के कारण आइलाग्यो रु र त्यसले क्रान्ति र आन्दोलनलाई के हित हुन्थ्यो रु यो बाध्यता नेताहरूलाई कसरी आइलाग्यो रु मार्क्सवादी दर्शन र सिद्धान्त तथा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई जीवनपद्धति बनाउने नेताहरूले कार्यकर्ताबीचका केही अन्तर्विरोध नै भए पनि यसरी हल गर्छ भन्ने विश्वास नै गर्न सकिन्न । अझ एउटा क्रान्ति गर्ने उद्घोष गरेको क्रान्तिकारी पार्टी र तिनका नेताहरूले यस्तो गरे होलान् भनेर सायद कल्पना पनि गर्न सकिने कुरा होइन ।

हामी हामीले बोकेको राजनीतिक आस्था र विचारमा सधै प्रतिबद्ध छौं । यसले आन्दोलनमा पर्ने असरका बारेमा चिन्तित पनि छौं । तर, हाम्रो नाम नै उल्लेख गरेर केही आरोप लगाउँदै ‘आम जनसमुदाय, पार्टीका सम्पूर्ण निकाय र आमसञ्चारमाध्यमहरुलाई यो कुरा जानकारी गराइन्छ कि’ भन्ने वाक्यबाट सुरु गरिएको विज्ञप्ति नै आइसकेपछि यसबारेमा यो टिप्पणी लेख्न बाध्य भएका हौँ । हामी यी विषयमाथि आन्तरिक रूपमै छलफल गर्न चाहन्छौ । यो हाम्रो कुनै कमजोरी होइन, समयले थोपरेको जिम्मेवारी, राजनितिक आन्दोलनको आवश्यकताबोध हो । त्यसैले यसका बारेमा छिटोभन्दा छिटो पहल लिन पार्टी नेताहरूलाई अनुरोध गर्दछौं ।

१) प्रभात चलाउने
२) जन्मदेव जैसी
३) कमल बुढा
४) बाबुराम भुषाल
५) सुदिप बर्देवा

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्