News Portal

सरकारकाे विराेध गर्नेमाथि ‘अरिंगाल’झैँ झम्टिन प्रधानमन्त्रीकाे निर्देशन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४८३ पटक
काठमाडौं

भदौ ३१, काठमाडौँ – नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि प्रतिवाद नगरेकोमा पार्टीका नेता-कार्यकर्ताप्रति आक्रोश पोखेका छन् । तत्कालीन माओवादी नेता पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवस कार्यक्रममा बोल्दै ओलीले अरिंगालले जस्तै एकजुट भएर प्रतिवादमा उत्रन निर्देशन दिए ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन?’, ओलीले भने, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ। एउटा अरिंगाललाई मार्‍यो भने त्यसलाई मार्‍यो ठिकै छ, अर्कोलाई हमला गर्‍यो ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने?’

देशी/विदेशी प्रतिक्रियावादीले पार्टी र सरकारविरुद्ध निरन्तर हमला गरिरहेको बताए। ‘आफूलाई केही कुरामा चित्त बुझेन भने त्यस्तो हमलालाई जवाफ दिँदैनौं, यसो हेर्‍यो प्रचण्डलाई हमला गरेको रहेछ ठिकै भएछ भन्छौं, अनि मलाई हमला गरेका बेला ओलीलाई हमला गरेको रहेछ ठीकै भएछ भन्छौं’, उनले थपे, ‘यसले जनतामा निराशा पैदा गर्छ। प्रतिक्रियावादीहरू उत्साही हुन्छन्,’ अाजकाे कान्तिपुरमा याे खबर छ ।

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्