
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक सांसदले भारतीय रुपैयाँ भुटानले साट्न सक्ने तर नेपालले किन नसक्ने भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाएका छन्। ललिपुरबाट निर्वाचिन सांसद नवराज सिलवालले पाँच सय र हजारको भारतीय नोटहरु नेपाली बैंकमा हुदाँ पनि साट्न नसकिएको तर्फ ध्यानाकर्षण गराउँदै उनले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘भुटानले साट्न सक्ने तर हामीले किन नसक्ने? सरकार र भारतका बीचमा सम्बन्ध बिग्रेको हो,’ सिलवालले सदनमा भने, ‘ यसले जनतासँग सम्बन्ध राम्रो बनाउँदैन।’ सांसद टेकबहादुर बस्नेतले २०११ सालमा स्थापित दाङको विमानस्थल किन प्रयोग नभएको भन्दै जानकारी माग गरे। त्यस्तै, सांसद तेजुलाल चौधरीले सप्तरीमा महामारीको रुपमा हङकङ र स्वाइन फ्लुु फैलिएकोप्रति सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने सांसदहररूले बलात्कार ,शान्ति सुरक्षा र अन्य विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
२०७५ भदौ ३१ गते प्रकाशित
