News Portal

सामाजिक कल्याण परिषद्को भवन र जग्गा उपराष्ट्रपतिको प्रयोगको लागि दिन लागेको भन्दै कांग्रेसको आपत्ति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८७ पटक
काठमाडौं

काठमाडौं– नेपाली जनताले चन्दाबाट बनेको सामाजिक सेवाको भवन सरकारले उपराष्ट्रपतिको विलासी जीवन विताउन प्रयोग गर्न दिन लागेको भन्दै संसदमा विरोध भएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सामाजिक सेवाको भवन उपराष्ट्रपतिको निवास बनाउन दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

ʻप्रधानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हालै नेपाली जनताले दान र चन्दाबाट बनाएको सामाजिक कल्याण परिषद्को भवन र जग्गा उपराष्ट्रपतिको प्रयोगको लागि उपराष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको सुन्नमा आएको छʼ उनले भने, ʻनेपाली जनताले दिएको दान र चन्दाबाट स्वच्छ सामाजिक कुरा विलासी जीवन बनाउने विरोध गर्दछु । आज सामाजिक सेवाको भवन, भोलि सार्वजनिक स्कुल तथा मठ र मन्दिरका सम्पत्ति र अन्त्यमा निजी सम्पत्ति समेत केही पदाधिकारीको लागि हक हस्तान्त्रराण गर्ने स्वभावको रुपमा लिएको छु । तसर्थ यो निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउछु ।ʼ

सांसद राजभण्डारीले निजगढ विमानस्थल निर्माणको नाममा वामगठबन्धनले ब्रम्हलूट मच्चउन खोजेको आरोप लगाए ।

ʻहिजो ०३६ सालमा जनमत संग्रहमा निर्दलीय व्यबस्था टिकाउन जंगल कटानी भएको देखेका वामपन्थी नेताहरुलाई प्रश्न छ, के व्यबस्था टिकाउन निर्दोश ७ लाख रुखको हत्या गर्न लागिएको हो ?ʼ उनले नेपाल वायुसेवा निगमलाई दुहुनो गाई बनाइएको आरोप लगाए ।

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्