News Portal

चित्रकलाको उपाधी ग्रीनल्याण्डलार्इ, वक्तृत्वकलाको उपाधी फ्लोरोसेन्टलार्इ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३५ पटक
काठमाडौं

काठमाडौं – ३९औँ शिक्षा दिवस तथा राष्ट्रिय बाल दिवसको अवसरमा टोखा नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताको उपाधी क्रमशः फ्लोरोसेन्ट स्कुलकी क्रिष्टिना न्यौपाने र ग्रीनल्याण्ड स्कुलकी परी गुरुङले जितेका छन् ।
वक्तृत्वकला अन्तर्गत न्यौपानेले ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा आफ्ना भनाइ राखेकी थिइन । प्रतियोगितामा जालुपा मा.वीकी सुवेक्षा प्याकुरेल र मनोहर उमावीकी निशा रोका मगर क्रमशः दोस्रो र तेस्रो भए । राधिका बोहरा, बसुन्धरा नेश्नल एकेडेमी, चौँथो, पाँचौँमा थर्डआर्इ स्कलका छात्रा प्रदिप रिमाल, सप्तगण्डकी स्कुलकी छात्रा सृष्टी नेपाल छैटौँ भए भने बौडेश्वर मा.बिकी छात्रा बबिता परियार सातौँ, तिङ्गटार मा.विका छात्र अल्वर्ट बिष्ट आठौँ, ग्रिनल्याण्ड स्कुलका छात्रा ब्रजल शाही नवौँ र अपि स्कुलकी छात्रा कृपा धिमिरे दशौँ भएका थिए ।

त्यस्तै, ‘समृद्ध नेपालको परिकल्पना’ शीर्षकमा उत्कृष्ट चित्र बनाएर सूर्यकुञ्ज स्कुलकी सुष्मा गोदार दोस्रो र इडनब्रिज स्कुलका आवास राई तेस्रो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । बौडेश्वर मा.विकी छात्रा रश्मि तामाङ्ग चौँथो, फ्लोरोसेन्ट स्कुलका छात्रा निरज पण्डित पाँचौँ, जालुपा मा.बिका छात्र मनिष थोकर छैटौँ, पृथ्वि स्कुलका छात्र एलिस तामाङ्ग सातौँ, चन्द्रबिन्दु स्कुलका छात्र सुबास मण्डल आठौँ, स्कार्इलार्क स्कुलकी छात्रा प्रविधि खनाल नबौँ र नेपाल मोडेल स्कुलका छात्र सौरब थापा मगर दशौँ स्थान ल्याउन सफल भएका थिए ।

उत्कृष्ट हुने विद्यार्थीहरुलाई ट्रफी, प्रमाणपत्र र मेडेलद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकामा सञ्चालित ८२ वटा विद्यालयका प्रतिनिधी उपस्थिति हुनुका साथै नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न बालक्बल तथा बालसञ्जालहरुले सांस्कृति प्रस्तुती दिएका थिए । सहभागि विद्यालयको दर्ता शुल्क र नगरपालिको आयोजनामा सम्पन्न कार्यक्रमको व्यवस्थापन उत्तरभेगिया शैक्षिक मञ्चले गरेको थियो । सम्पूर्ण ६२ जना नगर जनप्रतिनिधिलार्इ सहभागिताका लागि आब्हान गरिएको उक्त कार्यक्रममा अधिकतम जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगिताले राष्ट्र निर्माणका बारेमा प्रस्तुत विचारहरू जनप्रतिनिधिहरूले थुप्रै शुझावहरू प्राप्त भएको कुरा नगर प्रमुख प्रकाश अधिकारीज्यूले आफ्नो मन्तब्यमा बताउनु भयो । बालबालिकाहरूले भनेका विचारहरू जनताकै विचार भएको कुरालार्इ मनन् गर्दै टोखा नगरले उक्त विचारहरूलार्इ ग्रहण गर्ने र व्यवहारमा लागू गर्ने बचन पनि दिनु भएको थियो । यस कार्यक्रमलार्इ आउने वर्षहरूमा पनि निरन्तरता दिने बचन पनि गर्नु भएको थियो ।

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्