मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ३१, काठमाडौं- विगत केही दिन यता सामाजिक सञ्जालमा प्रहरीलाई जोडेर एउटा स्टाटस भाइरल भैरहेको छ। ‘विगत केही समययता घरको ढोकामा आएर निशुल्क रगत जाँच गर्दिन्छु भन्दै एचआईभी एड्स सार्न आइएसआईएस समूह सक्रिय रहेको भन्दै त्यसबाट सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ’ भन्नेजस्ता कुरा भाइरल भएका हुन्।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक अपिल जारी गर्दै त्यस्तो प्रहरीले सुचना जारी नगरेको र भ्रममा नपर्न आग्रह गरेको छ।
जनहितका लागि नेपाल प्रहरीको अनुरोध । pic.twitter.com/HoPlOVyOpc
— Nepal Police (@NepalPoliceHQ) September 16, 2018
२०७५ भदौ ३१ गते प्रकाशित
