News Portal

कविता : ‘रातहरु…’

रबिन्द्र आशिष शैली काठमाडौं
५६० पटक
काठमाडौं

 

बादलले आसुँ झार्नु
उस्को नियती हो
तर आकाशले आसुँ झार्नु
कता कता असजिलो लागि रहेछ
एकछिन बतासलाई रोकेर सोधे
अकमक्क पर्छ मेरो सोधाईमा
भन्छ,
मैले हर समय
घचघच्याई रहन्छु आकाशलाई
हास्नको लागी
तर उ पहाडलाई देखाउँछ
कहिले हिमाललाई ओल्याउँछ
धर्ति सम्म पुग्न नपाएकोमा
धेरै उ गुनासो गर्छ
मेरो बोकाईमा आकासलाई बिश्वास छैन
मेरो साथमा उस्लाई भरोसा छैन
जब कि प्रत्येक मान्छेको
म जीवन भएको छु,
हेर त
धर्तीले हेरेको हेरेकै छ
आकाशलाई
आकाशकै पर्खाईमा
आकाशले गरेका बाचाहरु
सम्झिरहन्छ हर समय
हर बिहान शीतका थोपाहरु
समेतेर सङ्लिन्छ धर्ती
तर पनि आकाशको अंगालो बिना
अपुरो अपुरो मान्छ उ
आफूलाई,
जस्तै प्रेमिल पर्खाईमा
मायालुहरु बिताउँछन रातहरु…?

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्