News Portal

१५ विधेयक : एउटा ढोकाबाट ल्याएर अर्कोबाट पारित गरियो, ‘माननीय’लार्इ थाहै छैन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५९ पटक
काठमाडौं

असोज १, काठमाडौँ – संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत भएका थिए । २ वटा पछि पारित गर्ने बताइएको छ ।

यी विधेयकहरू पारित गर्नका लागि एकैदिन धेरैपटक बैठक राखिएको थियो । संघीय संसद्ले उक्त विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ । स्मरणीय छ, संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको खबर नेपाल समाचारपत्रमा छ ।

‘एउटा ढोकाबाट ल्याइयो, अर्को ढोकाबाट पारित गरियो’

राष्ट्रियसभाका नेपाली कांग्रेसका सांसद् प्रकाश पन्तले विधेयकमा के आयो र के पारित भयो भन्ने अन्यौलता भएको बताउनुभयो । ‘निकै हतार गरियो, एउटा ढोकाबाट विधेयक ल्याइयो, अर्को ढोकाबाट पारित गरियो’ पन्तले भन्नुभयो ‘सांसद् संख्या बढी छ भन्दैमा नियम कानुन मिचेर जवर्जस्ती गरियो, हाम्रो उपस्थितिलाई वेवास्ता गरियो ।’

सभामुख कृष्णबहादुर महरा गत भदौ २२ गते ६ दिनको भ्रमणका लागि चीन गएपछि प्रतिनिधिसभा बस्न सकेको थिएन । महराले आफू नभई संसद बैठक नचले पनि विधेयक पारित गर्न समस्या नपर्ने र त्यसबीचमा समितिमा छलफल हुने बताउनुभएको थियो ।

यी हुन् पारित भएका विधेयक

१. वैयक्तिक गोपनियता
२. जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) पहिलो संशोधन
३. सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार
४. जनस्वास्थ्य
५. रोजगारीको हक
६. उपभोक्ता संरक्षण
७. खाद्य अधिकार
८. आवासको अधिकार
९. भूमिसम्बन्धी सातौँ संशोधन
१०. सामाजिक सुरक्षा सम्बन्धी
११. अनिवार्य तथा निशुल्क शिक्षा
१२. अपराध पीडित संरक्षण
१३. बालबालिका
१४. वातावरण संरक्षण (पहिलो संशोधन)
१५. अपांगता भएका व्यक्तिको अधिकार

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्