News Portal

कांग्रेस सांसदको व्यंग्य : वायुसेवा निगममा २ कार्यकारी, पार्टीमा २ अध्यक्ष, संसदमा २ तिहाइ अब प्रधानमन्त्री पनि दुईवटा व्यवस्था गर्ने कि ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१२ पटक
काठमाडौं

असोज १, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले संविधान संशोधन गरेर देशमा दुईवटा प्रधानमन्त्री राख्ने व्यवस्था गर्न प्रमुख सत्तारुढ दल नेकपालाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भरत शाहले सरकारले नेपाल वायुसेवा निगममा कार्यकारी महाप्रबन्धक हुँदाहुँदै कार्यकारी अध्यक्ष नियुक्त गरेकोप्रति व्यंग्य गरेका हुन् ।

‘हुन त नेकपालाई दुईवटा कार्यकारी राख्ने बानी परेको छ । पार्टीमा पनि दुईअध्यक्ष हुनुहुन्छ । प्रतिनिधिसभामा दुईतिहाइ बहुमत छ । संविधान संशोधन गरेर दुईवटा प्रधानमन्त्रीको व्यवस्था गर्ने कि ?’ शााहले भने ।

कांग्रेस सांसदले सरकारप्रति व्यंग्य गर्दा सभामुख कृष्णबहादुर महरा समेत हाँसेका थिए ।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्