News Portal

संघीय समाजवादी फोरम नेपालले ‘संविधान दिवस’को दिन ‘कालो दिवस’ नमनाउने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४०९ पटक
काठमाडौं

असोज १, काठमाडौं– संघीय समाजवादी फोरम नेपालको संविधानप्रति आफ्नो असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि कालो दिवस नमनाउने बताएको छ। आज पार्टीका महासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति गर्दै  कार्यक्रममा सहभागी नहुने बताएका हुन् ।

‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ताखाले कार्यक्रमहरुमा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत सम्पूर्णमा संसफो नेपाल आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

संविधान जारी हुने समयमा सँगै संघर्षमा रहेका अन्य दल अहिले राष्ट्रिय जनता पार्टीका रुपमा एकीकृत भएपछि पनि संविधानप्रति विरोध गरिरहेका छन्। राजपाले केही दिनअघिको अध्यक्ष मण्डलको बैठक मार्फत असोज ३ गते ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्