News Portal

धनगढी जेसीजद्धारा साहारा घरलाई सहयोग

राजेन्द्र रावलकाठमाडौं
३२८ पटक
काठमाडौं

असोज १,  बौनिया – कैलालीको धनगढीमा रहेको धनगढी जेसीजले जेस्ज सप्ताहाको तेश्रो दिन बर्दगोरिया गाउपालिका वडा नं. २ बर्दगोरियामा एक कार्यक्रमको आयोजना गर्दै साहरा घरलाई सहयोग गरेको छ । धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज बर्ष २०१८ का कोषाध्यक्ष हेमराज ओझा,फूलवारि जेसीज बर्ष २०१८ का अध्यक्ष वीर सिह महारा,बौनिया“ जेस्जका अध्यक्ष जनक बिष्ट,धनगढी जुनीयर जेसीजका कार्यकारी अध्यक्ष सन्तोष पन्त,धनगढी जेसीज बर्ष २०१८ का जेसीज सप्ताहा कार्यक्रम संयोजक विनोद थापा,नेपाल जेसीज क्षेत्र (घ) का कोष बृद्धी संयोजक कृष्ण बिष्ट,साहरा घरका सञ्चालक बल बहादुर बिष्ट लगायत धनगढी,धनगढी जुनीयर र बौनिया जेसीजका पदाधीकारीहरुको उल्लेख्य सहभागीता रहेको थियो  ।

धनगढी जेसीजका उपाध्यक्ष जर्नादन बलमे सञ्चालन गरेको कार्यक्रममा धनगढी जेसीजले साहरा घरलाई ६ कट्टा चामल,२ कट्टा सोयाबीन,१ पेटी तेल,२ पेटी बिस्कुट,आलु,चिनी लगायतको खाद्दान्न र सो अवसरमा उपस्थित पदाधीकारीहरुले २५ सय ५ रुपैया नगद सहयोग समेत गरेका थिए  ।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्