News Portal

निर्मलाका लागि न्याय माग्दै बौनियाँमा विरोध र्याली

राजेन्द्र रावलकाठमाडौं
८०५ पटक
काठमाडौं

असोज १, बौनियाँ – १३ वर्षिय बालिका निर्मला पन्तका लागी न्याय माग्दै बौनियामा सोमबार विरोध ¥याली प्रर्दशन गरिएको छ । बर्दगोरिया गाउपालिका वडा न १ बौनिया“ मा रहेको नोबेल माध्यमिक विद्यालयका कक्षा ११ र ११ का विद्यार्थीले न्याय माग्दै विरोध ¥याली निकालेका हुन ।
हत्यारालाई फासी दे,निर्माला पन्तलाई न्याय दे,सत्यतथ्य उजागर गर,महिला हिंसा बन्द गर,बालबालिका माथिको हिंसा बन्द गर जस्ता नारा लेखिएका प्ले कार्ड सहित विद्यालयबाट निस्केको र्याली बौनिया बजार परिक्रमा गरि बौनिया बजार चौकमा कोण शभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु सभापती जिबन बि सीले बलात्कार पछि हत्या गरिएकी निर्मलालाई न्याय दिलाउन सरकार उदाशिन रहेको बताए । नोबेल माध्यमिक विद्यालयका विद्यार्थीलाई धन्यवाद दिदै संबिधानमा लेखिएको कानुन नभएर जन्ताका हक,अधिकार र न्याय पाउने कानुन चाहिएको बताए । घटना भएको दुई महिना बित्नै लाग्दा सत्य तथ्य बाहिर न आउनु को कारण के हो ? भन्दै उनले सरकारलाई प्रश्न गरे । साथै उनले सरकारले चाँडै हत्यारा पत्ता लगाउन न सके यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । यसै गरि बौनियाँका ब्यापारी चेतराज भट्टले प्रहरीले हत्यारा पत्ता लगाउन नस्कनुमा कतै प्रहरी प्रशासनकै उच्च हात रहेको छ की भनेर संका व्यक्त गरे । घटना भएको दुई महिना बित्नलाग्दा समेत हत्यारा पत्ता नलग्नुमा झन संका भएको उहाले बताए । कोणसभामा विद्यार्थी रमेश भुल,महेन्द्र सन्ज्याल लगाएतकाले सम्बोधन गरेका थिए । बिरोध ¥यालिमा नोबेल माध्यामिक बिधालयका कक्षा ११ र १२ का २ सय विद्यार्थीको सहभागीता रहेको थियो ।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्