News Portal

श्रीमतीको हत्या गर्ने प्रशान्त भट्टलाई कडा कारबाही गर्न सांसद आलेको माग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७४ पटक
काठमाडौं

काठमाडौं । नेकपाका डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले भाद्र २९ गते राती मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने कैलालीको गोदावरी नपा १० का प्रशान्त भट्टलाई सख्त कारबाही गर्न माग गरेका छन् ।

आज संसदमा बोल्दै उनले डोटीको शिखर गाउँपालिका ६ माइती भएकी तुलसी फुलाराको विवाह डेढ वर्षअघि कैलालीका प्रशान्त भट्टसँग भएको र विवाह भएको केही समयपछि देखि नै श्रीमतीलाई कुटपिट गर्ने, माइतीसँग फोनमा कुरा गर्दा फोन खोसेर फोडिदिने, दाइजो आएका सामानहरु जलाउने जस्ता निन्दनीय हर्कत गर्ने गरेको र माइती पक्ष आएका सम्झा बुझाइ गर्दा अब आइन्दा मादक पदार्थ सेवन गरी श्रीमतीलाई हातपात गर्दिन भने पनि फेरि केही समयपछि उस्तै अमानवीय हर्कत दोहो¥याउने गरेको उल्लेख गर्दै गत भदौ २९ गते राती निज प्रशान्त भट्टले अत्यधिक मदिरा पिएर राती १२ बजेको समयमा श्रीमती तुलसी फुलारालाई डोरीले घाँटीमा बेरेर झयालको भेन्टिलेटरमा झुन्ड्याइ हत्या गरेकोले हत्यारालाई कडा भन्दा कारबाही गर्न माग गरे । भट्ट यसअघि पनि साइबर क्राइम गरेको आरोपमा धेरै पटक प्रहरी हिरासतमा बसेको प्रमाणसमेत पाइएको बताए ।

सांसद आलेले हत्यारालाई जोगाउन र ढाकछोप गर्न तुलसी आफैंले आत्महत्या गरेको भन्ने अफबाह फैल्याएर घटनालाई अन्तै मोड्ने प्रयास भइरहेको भन्ने आफुले सुनेको उल्लेख गर्दै दोषीलाई कारबाही गर्न आफुले आजैमात्र गृहसचिवलाई घटनाको बारेमा जानकारी गराएको, प्रदेश नम्बर ७ मा प्रहरी प्रमुखलाई समेत कारबाही गर्न माग गरेको बताए । साथै भर्खरै निर्मला पन्तको हत्या पछि पुन यस्तो घटना भएकाले राजनीतिक नेता, पत्रकार मानवअधिकारवादी नागरिक समाज सबैलाई यस घटनाको निष्पक्ष छानबिन गर्नसमेत अपिल गरे ।

यस्तै आव २०७३÷७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बहुवर्षीय ठेक्कामार्फत डोटी जिल्लाका सडकहरुमा धेरै रकम विनियोजन गरेर ठेक्कासमेत भइसकेको योजनाहरुमा त्यसपछिका सरकारले रकम उपलब्ध नगराएकोमा आपत्ति प्रकट गर्दै पुनः रकम उपलब्ध गर्न माग गरे । ।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्