News Portal

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति बढ्यो ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७७१ पटक
काठमाडौं

असोज १,काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल  तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो।

यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो। आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्