News Portal

आज असोज २ गते मंगलबार, यस्तो छ आजको राशिफल !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०८ पटक
काठमाडौं

असोज २, काठमाडाैं – पञ्चाङ्ग,वि.सं. २०७५ साल असोज २ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी, २१:०३ बजेउप्रान्त दशमी। नक्षत्र– मूल, १०:०३ बजेउप्रान्त पूर्वाषाढा। योग– सौभाग्य, २७:२५ बजेउप्रान्त शोभन। करण– वालव, ८:१३ बजेदेखि कौलव, २१:०३ बजेउप्रान्त तैतिल। आनन्दादिमा छत्र योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान ३० घडी ३३ पला। अदु:ख नवमी व्रत।

मेष– स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला ।
वृष– अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला ।
मिथुन– बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ ।
कर्कट– स्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ ।
सिंह– भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
कन्या– व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ ।
तुला– नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ ।
वृश्चिक– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।
धनु– उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ
मकर– नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ ।
कुम्भ– रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।
मीन– खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ असोज २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्