News Portal

ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढ्यो – गृहमन्त्री थापा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३७ पटक
काठमाडौं

असोज २, काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएका छन् । सोमवार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री थापाले मदिरा, लागुपदार्थ लगायत ईन्टरनेटको गलत प्रयोगमा मन्त्रालयले कडाइ सुरु गरेको बताए ।

महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताउँदै गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको र दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए । छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरे ।
नागरिकबाट

२०७५ असोज २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्