प्रकाश बुढाथोकी काठमाडौं

निरन्तर बगिरहने नदि हो
अनि हामी
नदि भित्रका पत्थर
त्यो पत्थर
जो नचाहदा नचाहदै
पानीसंग बगेर
कहिले बाढीसंग संघर्ष गर्दै त
कहिले एक अर्कोसंग
ठोकिँदै ठक्कर खादै
बग्दै बगाउदै
अगाडि बढिरहेका छ्न ।
जस्लाइ थाहा छैन कुन दिन
ठूलो ऑधी आउछ
ठूलो भुकम्पको आउँछ
लगेर छोडिदिन्छ
किनारामा एक्लै
मध्यरातसम्म पनि
लोलाएका नयनहरु
तिनै अनुत्तरीत
प्रश्नहरुको जवाफ
खोज्दै पर्खीरहेछन्..
निद भुलेर सधै
डुलीरहन्छन् शब्दकोशका
सागरमा जहाँ छलाङ् मार्दै
आउँछन् खुसीका छालहरु~~~
२०७५ असोज २ गते प्रकाशित
