News Portal

कांग्रेस सत्तामा पुगे सबै किसानको ऋण माफ गरिने राहुल गान्धीको घोषणा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१७८ पटक
काठमाडौं

असोज २, काठमाडौं – भारतमा आउँदो वर्ष लोकसभा चुनाव हुँदैछ । आउँदो वर्ष हुने चुनावका लाग दल तथा नेताहरु चुनावी अभियानमा जुटेका छन् । सत्तामा रहेको भारतीय जनता पार्टी, भाजपा र भारतीय कांग्रेस सबैभन्दा बढी जुटेका छन् चुनावी अभियानमा ।

चार वर्षअघिको चुनावपछि प्रतिपक्षमा धकेलिएको कांग्रेस युवा अध्यक्ष राहुल गान्धीको नेतृत्वमा भाजपालाई चुनौति दिने तयारीमा छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले भोपालमा सोमबार चुनावी र्‍यालीमा सम्बोधन गरे ।

सम्बोधनअघि उनले १३ किलोमिटर लामो रोड शो गरे । भोपालको दशहरा मैदानमा भएको कार्यक्रममा गान्धीले भाजपामाथि आक्रामक प्रहार गरे । कांग्रेस अध्यक्ष गान्धीले सम्बोधनको क्रममा एउटा महत्वपूर्ण घोषणा गरे ।

सन् २०१९ को चुनाव जितेर कांग्रेस केन्द्रको सत्तामा पुगेमा नरेन्द्र मोदी सरकारले लगाएको जिएसटी हटाएर नयाँ जिएसटी लागु गर्ने गान्धीले बताए ।

उनले मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान ‘घोषणा वीर’ रहेको बताए । मध्य प्रदेशमा कांग्रेसले जितेमा राज्यका किसानको ऋण माफी गरिने बताए ।

यस्तै केन्द्रमा कांग्रेस सत्तामा पुगे सबै राज्यका किसानको ऋण माफ गरिने पनि उनले घोषणा गरेका छन् । राहुल गान्धी कैलाश मानसरोवरको यात्रा सकेर फर्किएपछि चुनावी अभियान अझ सक्रिय भएर लागेका छन् ।

२०७५ असोज २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्